नेकपा माओवादी केन्द्रको उच्चस्तरीय भ्रमण दलको वरिष्ठ अधिकारीसँग भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

नेकपा माओवादी केन्द्रको उच्चस्तरीय भ्रमण दलको वरिष्ठ अधिकारीसँग भेटवार्ता

२०८१,१२,२९

चीनको चोङकिङ भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रको उच्चस्तरीय भ्रमण दलले चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) को चोकिङ शहरका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको छ । चोङकिङ शहरको पार्टी स्कुल विभागमा भएको भेटवार्तामा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा, केन्द्रीय सदस्य रामद्वीप आचार्य, लेखनाथ न्यौपानेलगायतका नेता सहभागी थिए। सचिव शर्माले माओवादी केन्द्र र सीसीपीबीच गहिरो सम्बन्ध रहेको बताएका छन । चोङकिङ नगरका पार्टी स्कुल विभागका प्रमुख लियु सियोउले चीनले नेपालसँगको सम्बन्धलाई ज्यादै महत्त्व दिएको र दुई देशबीचका जनतालाई पारस्पारिक लाभ हुनेगरी काम गर्न र सहकार्यका लागि सदैव तत्पर रहेको बताएका छन ।
नेपाल चीनबीचको ७०औँ वर्षगाठको प्रसंग निकाल्दै नेता लियुले दुई देशबीच शिक्षा, व्यापार, संस्कृति र जनस्तरका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने र व्यावहारिक सहकार्यलाई बलियो बनाउने धारणा राखेका छन । भेटवार्तामा चीनको चिनिया कम्युनिष्ट पार्टी र माओवादी केन्द्रले वैचारिक विषयमा अनुभव आदानप्रदान र तालिम कार्यक्रमलाई थप व्यवस्थित तरिकाले सञ्चालन गर्न दुवै पक्ष सहमत भएका छन्।

 

Leave a Reply