२०८१,१२,२९
चीनको चोङकिङ भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रको उच्चस्तरीय भ्रमण दलले चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) को चोकिङ शहरका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको छ । चोङकिङ शहरको पार्टी स्कुल विभागमा भएको भेटवार्तामा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा, केन्द्रीय सदस्य रामद्वीप आचार्य, लेखनाथ न्यौपानेलगायतका नेता सहभागी थिए। सचिव शर्माले माओवादी केन्द्र र सीसीपीबीच गहिरो सम्बन्ध रहेको बताएका छन । चोङकिङ नगरका पार्टी स्कुल विभागका प्रमुख लियु सियोउले चीनले नेपालसँगको सम्बन्धलाई ज्यादै महत्त्व दिएको र दुई देशबीचका जनतालाई पारस्पारिक लाभ हुनेगरी काम गर्न र सहकार्यका लागि सदैव तत्पर रहेको बताएका छन ।
नेपाल चीनबीचको ७०औँ वर्षगाठको प्रसंग निकाल्दै नेता लियुले दुई देशबीच शिक्षा, व्यापार, संस्कृति र जनस्तरका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने र व्यावहारिक सहकार्यलाई बलियो बनाउने धारणा राखेका छन । भेटवार्तामा चीनको चिनिया कम्युनिष्ट पार्टी र माओवादी केन्द्रले वैचारिक विषयमा अनुभव आदानप्रदान र तालिम कार्यक्रमलाई थप व्यवस्थित तरिकाले सञ्चालन गर्न दुवै पक्ष सहमत भएका छन्।




