२०८१,१२,२९
प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा सम्बोधन गर्नका लागि बुटवल जाँने कार्यक्रम रहेको छ । जागरण सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुुटवल जाने नेकपा एमालेले जनाएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो साढे १ बजे जागरण सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ।
बुटवल मण्डपमा आयोजना गरिने उक्त आसभामा ५० हजार भन्दा बढी सहभागिता गराउने गरी तयारी भएको एमाले रुपन्देहीले जनाएको छ।