क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोराद्वारा आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोराद्वारा आत्महत्या

एजेन्सी, १९ माघ । क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोरा फिडेल क्याष्ट्रो डियाज बालार्टले वानामा आत्महत्या गरेको समाचार संसारभरी सनसनीपूर्ण ढंगले फैलिएको छ । उनी डिप्रेसनको उपचार गराइरहेका थिए ।

फिडेल क्याष्ट्रो डिजाज बालार्ट एक नाम चलेको परमाणु वैज्ञानिक थिए । ६८ बर्षीय डियाज लामो समयदेखि डिप्रेशनमा रही उपचार गराइरहेका थिए ।  डियाजको आत्महत्याको सरकारी टेलिभिजन र आधिकारीक साइट क्यूवा डिबेटले पुष्टि गरिसकेको छ ।

आफनो मृत्युकाबेला उनी एकेडेमी अफ साइन्स क्यूवाको उपाध्यक्ष पदमा रहेका थिए । डियाजको आत्महत्याको खबरले खासगरी क्यूवामा निकै सनुसनीपूर्ण मच्चाएको छ । क्यूवामा आत्महत्याबाट मृत्यु भएको खबरको विवरण संचारमाध्यममा नदिने चलन रहेको छ । यसकारण पनि यो घटनाको चर्चा र उत्सुकता बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन ।

डियाज पूर्व सोभियतसंघको सुपिरिएर इन्स्टीस्च्यूट अफ न्यूक्लियर साइन्स एन्ड टेक्नोलोजीबाट ग्रेजुएशनको डिग्री प्राप्त गरेका थिए । उनले जुराग्वा न्यूक्लिएर प्लान्टको बिकासमा योगदान गर्दै आएका थिए । क्यूवासम्म परमाणु उर्जा ल्याउने उनका पीता फिडेल क्याष्ट्रोको परियोजना सफल हुन सकेन । क्यूवाका संचारमाध्यमले दिएको जानकारी अनुसार परिवारको निर्णय पछि उनको अन्तिम संस्कार गरिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);