भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो, प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८१, शुक्रबार

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो, प्रधानमन्त्री ओली

२०८१,१२,२२

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताउनुभएको छ । थाइल्यान्डको बैंककमा रहेको होटल माडारिन ओरियन्टलमा ओली र मोदीबीच झन्डै ४५ मिनेट साइडलाइनु भेटवार्ता भएको हो । भेटवार्ता कक्षबाट बाहिरिने क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ ।

यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपालका समकक्षी ओलीसँगको भेटघाट फलदायी रहेको बताउनुभएको छ । भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको तथा ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गरेको उल्लेख गर्नुभयो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को छैटौं शिखर सम्मेलन सकिएपछि उहाँहरूबीच पूर्वनिर्धारित तालिकानुसार भेटवार्ता भएको हो ।

यसअघि उहाँहरूबीच संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा गएको असोज ७ गते भेटवार्ता भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);