२०८१,१२,२२
नेकपा एमालेका सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन्।शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नताबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताएका छन । उनले चैत १५ गते भएको घटना संवैधानिक चरित्रको नभएको समेत स्पष्ट पारे। उनले प्रदर्शनकारीहरूले सिंहदरबार, नारायणहिटी र संसद भवन कब्जा गर्ने कुप्रयास गर्दा पनि सरकार के हेरेर बसेको रु प्रश्न गरेका हुुन ।
उनले प्रदर्शनका कमाण्डरले सार्वजनिक रुपमा हिंसात्मक अभिव्यक्ति दिएको भएपनि सरकारले समात्न नसकेको भन्दै आपत्ति जनाए। यो प्रदर्शनलाई सामान्य ढंगले लिएर छोड्न नहुनेमा उनको जोड छ। यस्ता घटनामा न्यायिक आयोग गठन गर्न नहुने र श्री ५ को सरकार भनेर सम्बोधन गर्नेलाई कारबाही गर्नुपर्नेमा उनको भनाइ छ।