२०८१,१२,१८
सोमबार, नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ। पछिल्ला तीन दिनदेखि निरन्तर रुपमा सुनको मूल्य ऐतिहासिक रेकर्ड बनाउदै बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
आईतबारको बजारमा सुन प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार यस्तो सुन प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ । गत शुक्रबारदेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै बढीरहेको हो।
यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिदबिक्री भएको छ । आईतबार चाँदी तोलाको दुई हजार २५ रुपैयाँमा किनबेच भएको थियो ।