क्षयरोगीको संख्या पत्ता लगाउन नमुना सर्वेक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

क्षयरोगीको संख्या पत्ता लगाउन नमुना सर्वेक्षण सुरु

भक्तपुर,१९ माघ । नेपालमा क्षयरोगीको संख्यो पत्ता लगाउन नमुना सर्वेक्षण सुरु गरिएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सरकार, ग्लोबल फण्ड र एल.एच.एलको आर्थिक सहयोग तथा विश्व स्वास्थ्य संगठन र जापानी संस्था आर टि आईको प्राविधिक सहयोगमासर्वेक्षण सुरु गरेको हो । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ बाट सुरु भएको कार्यक्रम ५५ जिल्लाको ९९ स्थानमा संचालन हुने छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी ४४ हजार नयाँ क्षयरोगी थपिने अनुमानित तथ्याांक सार्वजनिक गरेको छ ।

सर्वेक्षणका क्रममा छुट्याइएका प्रत्येक वडामा ६ सय व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गरिन्छ । केन्द्रले १८ महिना भित्र ५५ जिल्लाको ९९ स्थानमामा सर्वेक्षण गरिने जनाएको छ । नेपालमा प्रत्येक दिन १ सय २० नयाँ क्षयरोगी भेटिने र प्रत्येक दिन २० जनाको मृत्यु हुनसक्ने अनुमान छ ।

राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षणका लागि सरकारले २३ करोड, ग्लोबल फण्डले १७ करोड, एलएचएल नर्वेले ३ करोड रुपैयाँ लगानी गर्नेछन् । विश्व स्वास्थ्य संगठन र जापानी संस्था आरटीआईको भने प्राविधिक सहयोग मात्रै रहने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);