२०८१,१२,१८
पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।आज लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र मधेश प्रदेशमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
गएको २४ घण्टामा देशका २२० वटा वर्षा मापन केन्द्रहरुमा मापन भएको विवरणअनुसार १ मिलिमिटरभन्दा भन्दा धेरै वर्षा कुनै पनि केन्द्रमा भएको छैन । यसैबीच पछिल्लो केही दिनदेखि देशैभरको तापक्रम बढ्न थालेको छ । आज दिउँसो दिपायल र भैरहवामा सबैभन्दा बढी तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । सबैभन्दा कम तापक्रम आज राति जुम्लामा २ डिग्रीसम्म झर्ने अनुमान रहेको महाशाखाले जनाएको छ ।