एमालेले आज देशभर जागरण सभा र मोटरसाइकल र्‍याली गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

एमालेले आज देशभर जागरण सभा र मोटरसाइकल र्‍याली गर्दै

२०८१,१२,१८
नेकपा एमालेले आज देशभर जागरणसभा र मोटरसाइकल र्‍यालीको आयोजना गर्दैछ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा सभा र्‍याली आयोजना गर्न लागिएको महासचिव शंकर पोखरेलले जनाएका छन्। लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने नारासहित र्‍याली आयोजना गर्न लागिएको पोखरेलले बताएका छन्।

काठमाडौंमा अपरान्ह ४ बजे तीनकुनेबाट भक्तपुरको सल्लाघारीसम्म र्‍याली गरिने एमालेले जनाएको छ। यसको अगुवाइ युवा संघ नेपालले गर्ने एमालेले जनाएको छ।र्‍याली सहभागी हुन एमालेले सम्पूर्ण जनवर्गीय संगठन र पार्टीका नेता कार्यकर्तालाई अनुरोध गरेको छ।

 

Leave a Reply

ताजा समाचार