प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८१, आइतबार

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

२०८१,११,१७

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज बेलुका ७ बजे सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाउनुभएको हो । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न ओलीले सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले गणतन्त्र पक्षधरहरूलाई मात्र बोलाउने भन्दै राजसंस्था पुनर्स्थापनाको एजेन्डा लिएको राप्रपालाई भने बैठकमा नबोलाउनुभएको सचिवालयले जनाएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल प्रचण्डले पनि विपक्षी दलहरूको बैठकमा राप्रपालाई बोलाउनुभएको थिएन ।

यसैबीच प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डसँग कुराकानी गर्नुभएको छ । एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);