चैत १५ शुक्रबार ।
काठमाडौंको तीनकुने क्षेत्रमा राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको छ ।राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाएको हो ।
जिल्ला प्रशासनले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कर्फ्यू लगाएको छ । यसैगरी, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ । यस्तै, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ ।
राजावादीको समूहले निजी व्यक्तिको घरमा ढुंगामुढा गरेर आगजनी गरेका छन् । प्रहरीले प्रदर्शन तितरबितर पार्न दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले एउटा सरकारी गाडीमासमेत आगजनी गरेका छन् ।