ट्रान्सक्रिप्ट लिनका बिधार्थीलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

ट्रान्सक्रिप्ट लिनका बिधार्थीलाई सास्ती

tribhuban univercity

काठमाडौं, १९ माघ । त्रिभुवन विश्वविद्यालयमा ट्रान्सक्रिप्ट लिनका लागि विद्यार्थीहरुले निकै सास्ती झेल्नुपरेको छ । विश्वविद्यालयले सूचना प्रविधिको प्रयोग नगर्दा विद्यार्थीहरुले घण्टौंसम्म लाइन बसेर सास्ती झेल्नुपरेको हो ।

त्रिभुवन विश्वविद्यालयले आफू अन्र्तगतका क्याम्पसहरुमा विभिन्न तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र अर्थात ट्रान्सक्रिप्ट दिने गरेको छ । तर विश्वविद्यालयले ट्रान्सक्रिप्ट दिंदा विद्यार्थीलाई निकै सास्ती दिने गरेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय परिसरमा देखिएको विद्यार्थीको यो लाइन त्यहि सास्तीको प्रमाण हो । विद्यार्थीले ट्रान्सक्रिप्टका लागि आवश्यक जानकारी लिन, आवेदन बुझाउन तथा ट्रान्सक्रिप्ट लिनका लागि दस्तुर बुझाउन घण्टौंसम्म लाइन वस्तुपर्ने वाध्यता छ ।

विभिन्न शैक्षिक तहको अध्ययन पूरा गर्दा विद्यार्थी जति खुशी हुन्छन् तह पूरा गरेको प्रमाणपत्र लिन झेल्नुपर्ने सास्तीले उतिकै दुःखी हुन्छन् । परीक्षा नियन्त्रण कार्यालयले घण्टौंको लाइन बसेर आवेदन बुझाउने विद्यार्थीलाई ट्रान्सक्रिप्ट लिन एक सातापछि बोलाउने गरेको छ । तर एक सातापछि फेरि उही लाइन लाग्नुपर्ने वाध्यता । घण्टौंको लाइनपछि विद्यार्थीलाई आवेदन फाराममा भरेको विवरण मिलेन भनेर पुनः फर्काउने गरिएको छ ।परीक्षा नियन्त्रण कार्यालयको यो क्रियाकलाप गणतान्त्रिक शासन व्यवस्थामा असुहाउँदो भएको विद्यार्थीको भनाइ छ ।

विद्यार्थीहरुले ट्रान्सक्रिप्ट वितरणमा रहेको अव्यवस्था र ढिलासुस्ती अन्त्यका लागि लोकसेवा आयोगमा जस्तो अनलाइन प्रणाली अवलम्बन गर्नुपर्ने बताएका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले ट्रान्सक्रिप्ट लिनका लागि विद्यार्थीले सास्ती झेल्नुपरेको बारेमा आफू जानकार रहेको बताए । उनले अनलाइनमार्फत फाराम भरेर ट्रान्सक्रिप्ट वितरणको व्यवस्थाका लागि कार्यालयले एक महिनाभित्र सूचना प्रविधि प्रणाली अवलम्बन गर्न लागेको जानकारी दिंदै एक वर्षभित्र अहिले देखिएको लाइन हट्ने दाबी गरे ।

कार्यालयले ट्रान्सक्रिप्टका लागि विद्यार्थीले काठमाडौं धाउनुपर्ने वाध्यता अन्त्यका लागि प्रदेशस्तरमा कार्यालय खोल्ने तयारी गरिएको पनि बताएको छ । मुलुक संघीय संरचनामा गएको अवस्थामा प्रदेशस्तरमा कार्यालय खोल्ने तयारी स्वागतयोग्य हो । तर कार्यालय खोलेर मात्र हुँदैन, कार्यालयले दिने सेवा चुस्तदुरुस्त र छरितो बनाउनतर्फ परीक्षा नियन्त्रण कार्यालयले ढिलाइ गर्न हुँदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);