१५औं लोकस प्रदर्शनी सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

१५औं लोकस प्रदर्शनी सुरु

काठमाडौं, १९ माघ । १५औं लोकस प्रदर्शनी स्मार्ट सिटी सूचना, संचार तथा प्रविधि भन्ने मूल नाराका साथ लोकस प्रर्दशनी सुरु भएको छ ।शुक्रबार पुल्चोक क्याम्पसमा अध्यनरत कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिकस इन्जिनियरिङ विभागका विद्यार्थीहरुले हाल नेपालमा स्मार्ट सिटी अवधारणा आएकाले आम मानिस र नेताहरुलाई स्मार्ट सिटी भनेको के हो भन्ने जानकारी दिनका लागि यस बर्ष स्मार्ट सिटीमा केन्द्रीत भएर प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।

आयोजकले यस बर्षको प्रदर्शनीलाई प्राविधिक पुर्वाधार, वैकल्पिक उर्जा र अनलाईन सर्भिसगरी मुख्ख रुपमा ३ भागमा विभाजन गरेका छन् । यस बर्षको लोकसमा ड्रोनाचार्य, रोबो वार, इनर्जी ह्याकर, टेक डिबेट, चिल्ड्रेन इन टेकनोलोजी सफ्टवेरसम्बन्धिलगायतका कार्याक्रमहरु समाबेस गरिएको छ । प्रदर्शनीमा ३५ हजारभन्दा धेरैले अवलोकन गर्ने विद्यार्थीहरुले अपेक्षा लिएका छन् । प्रदर्शनी निःशुल्क अवलोकन गर्न सकिन्छ । प्रर्दशनी ३ दिनसम्म संचलान हुने छ ।