महायज्ञ भन्दै दलितको घर भत्काएउनेलाई कारबाही गर्नुपर्छ, सांसदहरू | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

महायज्ञ भन्दै दलितको घर भत्काएउनेलाई कारबाही गर्नुपर्छ, सांसदहरू

२०८१,१२,८

सिरहाको ओरही गाउँपालिका–५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा उठेको छ। शुक्रबारको सभाको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले उक्त घटना जातीय विभेद र छुवाछुतको प्रमुख नमुना भएको भन्दै आवश्यक छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्। सो घट्नामा गाउँपालिका अध्यक्ष शिवजी यादव र विष्णु महायज्ञका आयोजक भनिएका बजरंगी बाबालाई कारबाही गर्न सांसदहरुको माग गरेका छन्।

नेकपा एकीकृत समाजवादी०की सांसद गोमादेवी तिमिल्सिना र जयन्तीदेवी राइले उक्त विभेदको घटनाको नेतृत्व गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गरेकी हुुन । सांसद जयन्तीदेवी राईले उक्त घट्नाको छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेकी हुुन्।

यता राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले समेत उक्त घट्ना निन्दनीय भएको भन्दै छानविन गरी दोषिलाई कानुनको दायरामा ल्याउन माग गरेकी छन । समाजमा विद्यमान जातीय छुवाछुत अन्त्यका लागि सबैले एकजुट हुन जरुरी रहेको उनको भनाइृ छ ।

Leave a Reply

ताजा समाचार