बिराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीले ‘लडाई’ गुमाएको र आफु मधेसको अधिकारका लागि मैदानमा आएको बताउनुभएको छ ।
अध्यक्ष यादवले बुधबार बिराटनगर १४ मा रहेको स्नातकोत्तर क्याम्पस विभाग भवनबाट मतदान गर्नुभएको थियो ।
यादवले झरी बादलका बीच जनता उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भएको बताउँदै आफुहरुको लडाईं चुनावि मैदानबाट जित हुने बताउनुभयो ।
स्थानीय चुनावमा जनताले लोकतन्त्रको अभ्यास गर्न पाएको र यसबाट जनता उत्साहित भएको उहाँले बताउनुभयो ।
यादवले भन्नुभयो–कहाँ बहिस्कार ? झण्डै आधा किलोमिटर लाइन । जनता वडो उत्साहका साथ लाइन बसेर भोट हालिरहनु भएको छ ।’ उहाँले राजपाले चुनावमा नआएर ऐतिहासिक गल्ती गरेको पनि बताउनुभयो ।