२७ सयभन्दा तल झर्‍यो सेयर बजार | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८१, मंगलबार

२७ सयभन्दा तल झर्‍यो सेयर बजार

चैत ५ मंगलबार ।
शेयर बजार लगातार तेस्रो दिन घटेको छ ।मंगलबार सेयर बजार २७ सयमुनि झरेको हो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७।६६ अंक घटेर २६९७ अंकमा कायम भएको हो । यसअघि गएको फागुन ४ गते शेयर बजार २ हजार ६ सय ९८ विन्दुमा थियो ।

आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा सामुदायिक लघुवित्त कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन मिथिला लघुवित्त र हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ सय १३ वटा कम्पनीका ८२ लाख ३७ हजार कित्ता शेयर ४ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ ।
यो कारोबार रकम २ महिनायताकै कम हो । यसअघि गएको पुस २८ गते ३ अर्ब ९४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);