जनताको आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन, असन्तुष्ट पक्षसँग संवाद गरौंः महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

जनताको आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन, असन्तुष्ट पक्षसँग संवाद गरौंः महामन्त्री थापा

फागुन २७,  मंगलबार

काठमाडौँ,

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको आक्रोशलाई नजरअन्दज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताउनुभएको छ ।प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको समेत खण्डन गर्नुभयो । उहाँले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्र) नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गर्नुभयो । उहाँले व्यवस्थाको सुदृढिकरणका लागि संविधानका पक्षधरहरुबीच समझदारी हुन आवश्यक रहेको समेत बताउनु भयो ।

Leave a Reply