काठमाण्डौ। सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रमा मतदान गर्नुभएको छ ।
घर्तीले जनताले अधिकारका लागि गरेको लडाईं सार्थक भएको बताउनुभयो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि रोल्पा नगरपालिकामा मतदान गर्नुभएको छ ।
उहाँले वडा नम्बर १ स्थित मेवाङ केन्द्रमा मतदान गर्नुभएको हो । महराले मतदानपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै सिंहदरबारमा केन्द्रीत अधिकार अब गाउँगाउँमा पुग्ने बताउनुभयो ।