देश माथि उठाउन सबै एकजुट भएर काम गर्नुपर्छ, गृहमन्त्री लेखक | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

देश माथि उठाउन सबै एकजुट भएर काम गर्नुपर्छ, गृहमन्त्री लेखक

२०८१,११,१७

गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन्। शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले अहिले संघीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधविरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताए।

उनले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताए। पालिका र वडा—वडा स्तरबाट लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन आग्रह गरेका छन।

Leave a Reply