अब एमाले फेरिनु पर्छ, म जेल परेको थिएँ भनेर हुँदैन, ईश्वर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

अब एमाले फेरिनु पर्छ, म जेल परेको थिएँ भनेर हुँदैन, ईश्वर पोखरेल

२०८१,११,१६

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट नदिने बताएका छन्। नेकपा एमाले पाल्पाले तानसेनमा आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत शुक्रवार भएको अभिमुखीकरण कार्यक्रममा उनले भ्रष्टाचार गर्ने जो कोही ढिलो चाँडो एमाले नरहने बताए।

एमालेलाई श्रेष्ठता हासिल गर्नेगरी काम गर्न उनले निर्देशन दिए। श्रेष्ठ बन्नका लागि सक्रियता, पहलकदमी, जनसेवा र अनियमितता तथा भ्रष्टाचार रोक्नुपर्ने पोखरेलले बताए। विकास निर्माण काम देखिने गरी गर्नुपर्नेमा जोड दिँदै उनले उत्पादनमा जोड्ने काम अहिलेको अपरिहार्य आवश्यकता भएको र स्वरोजगार बनाउने खालका कार्यक्रम गर्नुपर्ने बताए।

वडा केन्द्रित पार्टी निर्माण अभियानमा पार्टी सदस्यताको अभिलेख तयार गर्न उनले सुझाए। सदस्यता नवीकरण र नयाँ सदस्यता थप गर्नुपर्ने पनि बताए।

Leave a Reply

ताजा समाचार