हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

फागुन १६ शुक्रबार ।
भारी हिमपातका कारण हिमाली जिल्ला रुकुमपूर्वमा मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ ।गएराति परेको हिमपातले उक्त सडकखण्डलाई अवरुद्ध भएको हो । रुकुमपूर्व र बागलुङको सीमा क्षेत्र अनतर्गत पर्ने सो सडकमा बाक्लो हिउँ जम्दा लामो दूरी भएर आउजाउमा समस्या भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुसार सडकमा हिउँ परेसँगै सवारी साधनहरूको आवागमनमा समस्या भएको छ ।विहान केही सवारी साधन आफ्नो गन्तव्यमा जान कोसिस गरे पनि हिउँ परिरहेकाले अहिले सवारी साधनहरू रोकिएको चौधरीले जानकारी दिए ।

बर्सेनि यो सडकखण्डमा हिमपातका कारण अवरोध हुने गरेको छ। हरेक वर्षको हिउँदयाममा यो खण्ड हिउँका कारण बन्द हुँदा सवारी साधनसहित यात्रुहरूलाई समस्या हुने गरेको छ।

 

 

 

 

Leave a Reply