डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्दै निःशुल्क बनाउन रास्वपा सांसद डाँगीको माग | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्दै निःशुल्क बनाउन रास्वपा सांसद डाँगीको माग

माघ २५, शुक्रबार

काठमाडौं,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्नुभएको छ ।शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले डिजिटल भुक्तानी गर्दा भ्याटसहित तिर्नुपर्ने भएको कारण डिजिटल भुक्तानी गर्न आम नागरिक निरुत्साहित भइरहेको बताउनु भयो ।

सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानी सेवा प्रयोग गरेबापत सेवा शुल्क बढेको छ ।  नेपाल राष्ट्र बैंकले अन्तरबैंक फण्ड ट्रान्सफरमा प्रतिकारोबार अधिकतम १० रूपैयाँसम्म मात्रै शुल्क लिने पाउने व्यवस्था गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);