प्रतिनिधि सभाको बिहीवारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रश्तावउपर छलफल गरेर टुंग्याइने भएको छ । | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

प्रतिनिधि सभाको बिहीवारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रश्तावउपर छलफल गरेर टुंग्याइने भएको छ ।

माघ २४, बिहीबार

काठमाडौं,

सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा अध्यादेश अस्वीकार गर्नुपर्छ भनेर परेका ५१ वटा प्रस्तावको समय व्यवस्थापन गरेर टुंग्याउने भन्नेबारेमा छलफल भएको हो । बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रश्तावमा छलफल हुने र आजकै बैठकमा पारित गर्नेगरी तयारी गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने र सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोल्नुहुने कार्यतालिका निर्धारण गरिएको छ । आजकै बैठकमा भ्रष्टाचार सम्बन्धी प्रतिवेदन, सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन र आर्थिक कार्यविधिसँग सम्बन्धित विधेयक फिर्तासँग सम्बन्धित प्रतिवेदन पेश गर्ने तयारी छ ।
सभामुख घिमिरेसँग संसदको क्यालेण्डरबारे छलफल भएको नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनु भयो । उहाँले अध्यादेशको विपक्षमा परेको प्रश्तावमा संसदमा एकजनाले प्रश्तावका रुपमा लैजाने र प्रश्तावकले प्रश्तुत गरेकोप्रश्तावउपर समर्थकहरुले बोलेर विषय टुंग्याइने बताउनु भयो । प्रश्ताव फिर्ता लिन नचाहेको खण्डमा निर्णयार्थ एक पटक मात्रै प्रश्तुत गर्ने उहाँले जानकारी दिनुभयो ।राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधि सभा नियमावलीले भनेअनुसार राजनीतिक पार्टीहरुबीच सहमति गरेर आफ्ना कुराहरु राख्ने र त्यसलाई निर्णयार्थ प्रश्तुत गर्ने सहमति बनेको बताउनु भयो ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा शुन्य समय, विशेष समय, प्रमुख प्रतिपक्ष दलका नेताको सम्बोधनपछि अध्यादेशमाथिका अस्वीकारका प्रश्तावउपर छलफल हुने कार्यतालिका छ । अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जना प्रश्तावक बनेर अध्यादेशको अस्वीकारको प्रश्ताव गर्ने र प्रश्तावकलाई ५ मिनेटको समय तय गरिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);