दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग बसे सभामुख घिमिरे | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग बसे सभामुख घिमिरे

 

२०८१,१०,१४

संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल सुरु गरेका छन्। छलफल सभामुखको कार्यकक्ष सिंहदरबारमा चलिरहेको हो।सभामुख घिमिरेले हिजो आइतबार सत्तारूढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। संसद्‌को हिउँदे अधिवेशन माघ १८ गतेबाट सुरु हुने भएकाले सभामुखले संसद् सञ्चालन र तयारीबारे विभिन्न दलका प्रतिनिधिहरूसँग छलफल गर्न थालेका हुन्।

सरकारले कही समय अघि पास गराएको अध्यादेशको कडा रूपमा विरोध गर्ने तयारीमा प्रतिपक्ष एकजुट बनेका छन्। यता, सत्तापक्ष भने अध्यादेशको आवश्यकता र देशको हितमा रहेको भन्दै बचाउ गर्ने पक्षमा छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);