चौकीका प्रहरी कटौती: प्रदेश संसदमा दुइ सय मर्यादापालक | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

चौकीका प्रहरी कटौती: प्रदेश संसदमा दुइ सय मर्यादापालक

काठमाडौं, १८ माघ । संसद सचिवालयले ७ वटै प्रदेश संसदका लागि करिव २ सय मर्यादापालक खटाउने भएको छ ।प्रहरी प्रधान कार्यालयसँगको समन्वयपछि संसद सचिवालयले हरेक प्रदेश संसदका लागि २० देखि ३० जना मर्यादापालक तयारी गरेको हो ।

नियमित शान्तिसुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणमा तैनाथ हुँदै आएका जिल्ला प्रहरी, इलाका वडा प्रहरी र चौकीमा कार्यरत जनशक्ति कटैती गरेर मर्यादापालकको रुपमा तयार पारिएको हो।यसका लागि संसद सचिवालय र जिल्ला प्रशासन कार्यालहरुसँग समन्वय गरिराखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रदेश संसदको बैठक बस्नु अगावै मर्यादापालकको व्यवस्था गर्नुपर्ने भएपछि प्रहरी मुख्यालयले पोशाकसहित मर्यादापालक तालिम समेत दिन सुरु गरिसकेको छ।

प्रहरीका एक अधिकारीले भने,

प्रदेश सरकार र प्रदेश संसदमा चाहिने मर्यादापालक र विशिष्ठ व्यक्तिको सुरक्षामा खटिने अंगरक्षक नियमित शान्तिसुरक्षा र अपराध अनुसन्धान तथा नियन्त्रणमा अटिने जनशक्ति कटौती गरेर उपलब्ध गर्नुपर्ने बाध्यता छ ।

अहिले जिल्लादेखि चौकी तहसम्म कार्यरत जनशक्तिबाट यसको व्यवस्था गरिएको छ ।खबर आजको कारोबारमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);