२०८१,९,२६
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर ९भ्याट० हटाउन पहल गर्ने बताएका छन्।शुक्रवार काठमाडौँमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेत्र ज्योतिको समस्या हुने व्यक्तिको आँखा र स्वास्थ्यका लागि चिकित्सले प्रयोग गर्न सुझाव दिने चश्मामा लाग्ने कर हटाउनुपर्नेमा उनको कथन छ।
उनले नेत्रज्याति संघ गैरसरकारी र गैरनाफामूलक भएको उल्लेख गर्दै चश्मामा लाग्ने मूल्य अभिवृद्धि कर व्यवहारिक बनाउनसके संघले गरिरहेको कार्यमा टेवा पुग्ने बताए। उनले मेडिकल चश्मामा लगाइने मूल्य अभिवृद्धि कर हटाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग पहल गर्ने बताए।
सिंहले भने, ‘नेपाल सरकारले आँखा र स्वास्थ्यका लागि चिकित्सकले प्रयोग गर्न सुझाव दिने चश्मामा भ्याट हटउँदा राम्रो हुन्छ भन्ने कुरा आइरहेका छन्। हामीले त्यसमा ध्यान दिनुपर्ने हुन्छ। त्यसका लागि म अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसँग कुरा गर्नेछु।’
उनले नेत्रज्योति संघले गरिरहेको कार्यको प्रशंसा गर्दै अधिवेशनको सफलताको शुभकामना व्यक्त गरे।