सङ्खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँभन्दा धेरै मूल्यको सुन्तला बिक्री | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

सङ्खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँभन्दा धेरै मूल्यको सुन्तला बिक्री

पौष ११ बिहीबार
सङ्खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँभन्दा धेरै मूल्यको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्ष अहिलेसम्म ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए ।पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उनको भनाइ छ ।

सङ्खुवासभामा स्थानीय जातका सुन्तला उत्पादन हुन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई सुन्तला जोन लागू भई किसानलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्‍याएपछि उत्पादन बढ्दै जान थालेको हो ।

सङ्खुवासभामा गएको वर्ष १९ करोड ९३ लाख रुपैयाँको सुन्तला बिक्री भएकामा यसवर्षको अहिलेसम्म्म ३४ करोड रुपैयाँभन्दा धेरैको कारोबार भइसकेको छ । तीन हजार चार सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको यादवले जानकारी दिनुभयो । उत्पादन भएको सुन्तला बगानबाटै प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);