देश/समाज

दरबारमार्गमा युवकमाथि निर्घात कुटपिट, तरूण दलका नेतासहित ८ जना पक्राउ

पौष ७ आइतबार
काठमाडौँको दरबारमार्ग स्थित लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटिएका छन् ।शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका काठमाडौं नैकाप बस्ने ३६ वर्षीय रमेश भट्ट कुटिएका हुन् । यिुवकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका नेतासहित ८ जनालाई पक्राउ गरेको छ।

बारमा कुटपिट भएको घटनाको सिसिटिभी फुटेजमा देखिएअनुसार रमेश ३ बजेर १३ मिनेटमा शौचालयबाट निस्किएको देखिन्छ। उनी शौचालयबाट निस्किएलगत्तै एक व्यक्तिले उनीमाथि मुक्का प्रहार गरेका थिए।त्यसपछि अरूले मुक्का प्रहार गरेका थिए। होटलकै केही स्टाफले छुटाउने प्रयास गरे पनि धेरैबेरसम्म भट्टमाथि कुटपिट भएको थियो।

कुटपिटबाट घाइते भएका भट्टको टाउकोमा चोट लागेको छ। उनको राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ।यस घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरीको टोली खटिएका थिएअनुसन्धानको क्रममा गुण्डागर्दी गर्ने समूहको पहिचान भएको थियो। त्यसपछि परिसरको टोलीले शनिबार बिहानै काठमाडौंको विभिन्न होटलमा सुतिरहेकै अवस्थामा आठ जनालाई पक्राउ गरेको हो।

सिसिटिभी फुटेज तथा होटलका कर्मचारीहरूसँग सोधपुछ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो।
पक्राउ पर्नेमा प्रमुख व्यक्ति कुलध्वज तामाङ छन्। काभ्रेको रोशी गाउँपालिका(४ घर भई काठमाडैंको सुन्दरटोल बस्ने ३५ वर्षीय तामाङ तरूण दलका केन्द्रीय सदस्य हुन्।उनकै समूहले केही समयअघि दरबारमार्गमा रहेको क्लब प्लेटिनममा पनि कुटपिट गरेका थिए।उनीविरूद्ध २०६९ मा दरबारमार्गबाट ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो भने २०७२ मा डाँका चोरी मुद्दामा पनि ११ महिना धुलिखेल कारागारमा बसेर छुटेका थिए।
पछिल्लो समय काभ्रेको यो समूह सक्रिय हुन थालेको देखिन्छ,’ स्रोतले भन्यो।काभ्रेकै तरूण दल जिल्ला अध्यक्षसमेत रहेका ३६ वर्षीय सुजन तामाङ पनि पक्राउ परेका छन्। उनीविरूद्ध पनि केही समयअघि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

जावलाखेलमा हतियार नै प्रहार गरेको घटनामा ललितपुर परिसरबाट मुद्दा चलेको थियो।काभ्रेकै तिमाल(७ घर भई काठमाडौंको स्वयम्भु बस्ने २९ वर्षीय मिलन लामा पनि पक्राउ परेका छन्। उनी इजुमेन कन्सल्टेन्सी बागबजारमा काम गर्छन्। त्यस्तै पब्लिक युथ क्याम्पस धोबिचौरका स्ववियु उपसभापति हुन्।काभ्रे भुम्लु गाउँपालिका कार्यपालिका सदस्य एवं पालिकाको तरूण दल अध्यक्ष ३९ वर्षीय सुलभ पहरी पनि पक्राउ परेका छन्।तरूण दल काभ्रेकै जिल्ला सदस्य २९ वर्षीय युवराज लामा, मोरङ घर भई ललितपुरको थेचो बस्ने ३७ वर्षीय डम्बरबहादुर कार्की, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर(८ बस्ने २७ वर्षीय दावा तामाङ पक्राउ परेका हुन्। उनी जुगल गाउँपालिका तरूण दलका अध्यक्षसमेत हुन्।त्यस्तै काभ्रेकै २१ वर्षीय शक्ति लामा पनि पक्राउ परेका छन्। उनी भने बौद्ध तामाङ गुम्बामा पढ्ने गर्थे।

 

Related Post
Share

This website uses cookies.