मेलम्ची खानेपानीको पाइप लाइनको काम शीघ्र पूरा गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

मेलम्ची खानेपानीको पाइप लाइनको काम शीघ्र पूरा गर्न निर्देशन

पौष ४ मंगलबार
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् ।स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उनले त्यस्तो निर्देशन दिए ।

साथै उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मतसम्भार गर्न उनले निर्देशन दिए ।

मन्त्री यादवका साथ खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ अधिकारी थिए ।

Leave a Reply