नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र होः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र होः प्रधानमन्त्री ओली

मंसिर २८,  शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल—चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभएको छ ।शुक्रवार काठमाडौंमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उल्लेख गर्नुभयो । उहाँले यस्ता सम्मेलनले नेपाल र चीनबीचका मात्रै नभइ अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुरबीचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने बताउनु भयो । प्रधानमन्त्री ओलीले एशियाका ज्योतीको रुपमा परिचित गौतमबुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाल बौद्धमार्गीहरुका लागि अध्ययनको थलो भएको समेत बताउनु भयो । बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । गौतम बुद्धको शिक्षाले जीवनलाई सार्थक र उज्यालो बनाउने बताउनु भयो । उहाँले नेपालबाट विश्वमा शान्तिको सन्देश दिन सक्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले गौतम बुद्धका शिक्षाले शान्ति, करुणा, जनतामा समझदारी र मार्ग दर्शन गर्ने बताउनु भयो ।

Leave a Reply