भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८१, सोमबार

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

मंसिर २४, सोमबार

आज डिसेम्बर ९ तारिख भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस , नेपालमा पनि मनाइदै छ ।यो दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा मुलुकमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको सुशासन तथा आर्थिक अनुशासनका विज्ञहको ठम्याइ छ ।भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता तथा तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले औँल्याउँदै आएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन,महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्य–तथ्यांकले नै मुलुकमा भ्रष्टाचार बढिरहेको पुष्टि गर्छ ।
मुलुकमा हाल व्याप्त भ्रष्टाचार कम हुने विश्वास गर्न सकिने हुने कुनै आधार नै नभएको विश्लेषण गरिएको छ । सरकारले नीतिगत निर्णय गर्दा होस् वा ठूल्ठूला परियोजनाका खरिद, नियुक्ति, सरुवा बढुवामा भ्रष्टाचारले जरो नै गाडी सकेको छ । सुशासन कायम गर्न सहयोग पु¥याउने विभिन्न संस्थाहरुका वार्षिक प्रतिवेदनले पनि भ्रष्टाचार निवारणमा देशको अवस्था झन्झन् खस्कँदै गएको देखाएका छन् । सार्वजनिक जवाफेहिता कमजोर बन्दै गएको तथा कानुनको कार्यान्वयन एवंपरिपालनाको प्रत्याभूति हुन नसकेको अवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);