फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

मंसिर १२, बुधबार

फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।बुधवार प्रधानमन्त्रीको निवास बालुवाटारमा नवनिर्वाचित फोटो पत्रकार समूह नेपालका पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । उनीहरुले फोटो पत्रकारहरुका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

फोटो पत्रकारितालाई थप व्यवस्थित बनाउँदै लैजान सरकारले सहयोग गर्नुपर्ने माग उनीहरुको छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले फोटो पत्रकारको भुमिका महत्वपूर्ण रहेको र सरकारले पनि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);