स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुग्यो

२०८१,०७,१६
स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । बेपत्ताहरुको सङ्ख्या एकिन छैन, ज्यान जानेको सङ्ख्या निकै धेरै हुन सक्ने बीबीसीले जनाएको छ ।१२ सयभन्दा बढी कामदार ड्रोनको प्रयोगगरी उद्धार अभियानमा खटिरहेका छन् । प्रभावित समुदायहरूको अवलोकन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले पीडितहरूलाई अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा जीवन बचाउनु रहेको बताउनुभयो । बाढीले सबैभन्दा बढी प्रभावित केही शहरहरुमा माटो र भग्नावशेषबाट शव निकाल्न जनशक्ति परिचालन गरिएको छ ।अहिले बाढीले ज्यान गुमाउनेको सङ्ख्या सन् १९७३ पछि देशको सबैभन्दा धेरै हो । त्यतिबेला दक्षिण–पूर्वमा आएको बाढीमा कम्तीमा एक सय ५० जनाको ज्यान गएको थियो । वैज्ञानिकहरूले जलवायु परिवर्तनले स्पेनमा आएको बाढीलाई अझ खराब बनाएको बताएका छन् । बाढीले कयौँ सडक र सहरलाई नदीमा परिणत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);