कार्तिक २, शुक्रबार
अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तको राजधानी कान्दाहार शहरमा रहेको बजारमा आगलागी भएको छ । जसलाई स्थानीय रूपमा ‘बुश मार्केट’ भनेर चिन्ने गरिन्छ । कान्दाहारको अग्नि नियन्त्रक विभागका उपप्रमुख नाजिर अहमद जाहिदले आगलागीबाट बजारका पसलसहित १३ जनाको करिव ४ करोड अफगानी (६ लाख अमेरिकी डलर) बराबरको धनमाल क्षति भएको बताउनु भयो ।