कार्यकर्तालाई माधव नेपालको निर्देशन,विपद् प्रभावितको उद्धार र राहतमा जुट्नू | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

कार्यकर्तालाई माधव नेपालको निर्देशन,विपद् प्रभावितको उद्धार र राहतमा जुट्नू

२०८१,६,१४
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विपद् प्रभावितको उद्धार र राहतमा क्रियाशील हुन आफ्ना नेताकार्यकर्तालाई निर्देशन दिएका छन्।अध्यक्ष नेपालले अविरल वर्षापछि बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघीय सरकार तथा स्वयंसेवक संस्थासँग समन्वय गरेर काम गर्न नेता कार्यकर्तालाई विशेष अपिल गरेका छन्। अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानले देशका विभिन्न भागमा नागरिकको ज्यान गएको, नागरिक सम्पर्कविहीन भएका र घाइते भएका जनाउँदै प्राकृतिक विपदबाट नागरिकका घर क्षतिग्रस्त भएका तथा भौतिक सम्पत्ति नष्ट हुँदा मर्माहत भएको बताएका छन्।

उनले बाढी पहिरोमा बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आग्रह गरेका छन्। बाढीपहिरो र डुबान प्रभावितका नागरिकहरूको उद्धार तथा बिचल्लीमा परेकाहरूको बस्ने र खाने व्यवस्था मिलाउन, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन, अवरुद्ध सडकको तत्काल मर्मतसम्भार गर्न उनले सरकारसँग समेत माग गरेका छन्।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);