इजरायलको आक्रमणबाट लेबनानमा २ दिनमै ५ सय ५० जनाभन्दा धेरैको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

इजरायलको आक्रमणबाट लेबनानमा २ दिनमै ५ सय ५० जनाभन्दा धेरैको ज्यान गयो


२०८१,६,८

इजरायलले लेबनानमा हिजो र आज गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५८ जना पुगेको छ । हिजो एकैदिन चार सय ९२ जना र आजसमेत गरी पाँच सय ५८ जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।हिजो इजरायलले लेबनानमा गरेको आक्रमण र क्षति सन् १९९० मा सकिएको गृहयुद्धपछिको सबैभन्दा ठूलो रहेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई दिनको आक्रमणमा एक हजार आठ सय ३५ जना घाइते भएका छन् ।

तीव्र आक्रमण हुन थालेपछि दशौं हजार नागरिक दक्षिणी लेबनानबाट भागेका छन् ।इजरायलले हिजबुल्लाहमाथि लगातार मिसाइल र रकेट प्रहार गरिरहेको छ भने हिजबुल्लाहले पनि इजरायलमा रकेट प्रहार गरेको बताएको छ । हिजबुल्लाहका एक हजार तीन सय वटाभन्दा धेरै केन्द्रमा आक्रमण गरेको इजरायलले जनाएको छ ।अहिले पूर्ण युद्धको अवस्था रहेको र सरकारले हिंसा रोक्न प्रयास गरे पनि असफल भएको लेबनानका प्रधानमन्त्री नजिब मिकातीले बताउनुभएको छ ।

बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घ र मध्यपूर्वी देशहरूले चिन्ता व्यक्त गरेका छन् ।यसैबीच लेबनानका प्रधानमन्त्री नजीब मिकाती राष्ट्रसङ्घीय सभामा भाग लिन अमेरिका जाने हुनु भएको छ । यसअघि इजरायलको आक्रमणका कारण भ्रमण रद्द गरेकोमा आक्रमण बढेपछि त्यसलाई रोक्ने पहलका लागि पनि महासभा उपयुक्त हुने भन्दै प्रधानमन्त्री मिकाती अमेरिका जान लाग्नुभएको बीबीसीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);