इलामको पशुपतीनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

इलामको पशुपतीनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या

टीका खतिवडा
इलाम, १६ माघ
। इलामको पशुपतीनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या भएको छ । अनुमति पत्र लिन काकरभिट्टा जानुपर्ने भएकाले बाह्य पर्यटकलाई समस्या भएको हो ।

पशुपतीनगर नाकाहुँदै भारत बंगालादेश लगायतका पर्यटकहरु इलाम पुग्ने गरेका छन् । तर अनुमति पत्र लिन काकरभिट्टा पुग्नुपर्ने भएकाले पर्यटकलाई समस्या भएको हो । भारतबाट आउने पर्यटकका लागि अनुमती नचाहिने भएपनि अन्य देशका पर्यटकले अनुमतिपत्र लिनुपर्ने हुन्छ । अनुमतिपत्रका कारण पर्यटकलाई सास्ती भएको व्यवसायीको गुनासो छ ।

पशुपतीनगरमा नै अध्यागमन केन्द्र स्थापना गर्ने भने इलाममा पर्यटकको संख्या बढ्ने छ । अर्कोतर्फ पर्यटकलाई पनि सास्ती हुने थिएन । इलाको पशुपतीनगरमा अध्यागमन केन्द्र बनाउने हो भने पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा समेत सहज हुने छ । अर्कोतर्फ पर्यटन व्यवसाय फस्टाउने निश्चत छ । त्यसैले पर्यटकको सहजताका लागि पशुपतीनगर नाकामा अध्यागमन केन्द्र राख्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);