खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन्छौँः मन्त्री चौधरी | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८१, बिहीबार

खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन्छौँः मन्त्री चौधरी

भाद्र १३, २०८१ बिहीबार
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिने बताउनुभएको छ ।बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वका अन्य देशहरुले खेल क्षेत्रलाई उच्च महत्व दिँदा नेपालले भने अझै खेल क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताउनु भयो ।

उहाँले खेलाडीहरुलाई खेल क्षेत्रमा टिकाइरहन र अझ प्रतिष्पर्धा बढाउन राज्यले नीतिगत र व्यवहारिक रुपमा सहजता प्रदान गर्नुपर्ने बताउनु भयो । उहाँले खेलाडी र निजका सन्ततिको लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन प्रयास जारी रहेको पनि बताउनु भयो । मन्त्री चौधरीले खेलाडी र उनीहरुका परिवारलाई स्वास्थ्य, शिक्षा, रोजगार र अन्य सुविधाहरु कसरी उपलब्ध गराउने भन्ने सन्दर्भमा छिटै नै कार्यक्रम घोषणा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);