बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि सम्झौता | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८१, बुधवार

बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि सम्झौता

भाद्र १२, २०८१ बुधबार
सरकारले बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि अनुदान सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल र बेलायत सरकारबीच वर्षा र लैङ्गिक तथा मानव विकास अभिवृद्धि सम्बन्धि दुई वटा विषयमा अनुदान सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र बेलायतको तर्फबाट बेलायती दुतावासका विकास निर्देशक तथा उपराजदुत पीपा बिर्डले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार वर्षा कार्यक्रमका लागि ३८.५ मिलियन अमेरिकी डलर नेपाली ६ अर्ब ५० करोडको रकमको रहेको छ ।

दोस्रो लैङ्गिक तथा मानव विकास अभिवृद्धि गर्नेका लागि ३८.८ मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ ६ अर्ब ५८ करोड) सहयोग गर्ने सम्झौता भएको छ । यी कार्यक्रमहरूले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित स्थानीय सरकार र समुदायको क्षमता अभिवृद्धि गर्नुका साथै कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा मानव पुँजी निर्माण र आधारभुत सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्य राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);