वर्तमान सरकारले फलानो अपराधी नसमाउ भनेर आदेश दिँदैनः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

वर्तमान सरकारले फलानो अपराधी नसमाउ भनेर आदेश दिँदैनः प्रधानमन्त्री ओली

pm kpoli

भाद्र १०, २०८१ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार मुलकमा सही कुरालाई अघि बढाउने संकल्पका साथ बनेको बताउनुभएको छ ।अहिलेको सरकार बनेको एउटा सरकारको ठाउँमा अर्को सरकारको रुपमा नआई एउटा प्रवृत्तिको ठाउँमा अर्को नयाँ प्रवृत्ति, अस्थिरताको ठाउँमा स्थिरता, विभिन्न खालका बेठिक प्रवृत्तिको ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पका साथ आएको प्रधानमन्त्री ओलीको भनाई थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले अपराध हुनै नदिने कुरामा ध्यान दिन पनि नेपाल प्रहरीलाई निर्देशन दिनुभयो ।

अपराध कसैले गराउन खोजेको छ भने त्यसलाई पहिले नै पत्ता लगाउने र नियन्त्रण गर्नेगरी नेपाल प्रहरीलाई काम गर्न सचेत गराउँदै प्रधानमन्त्री ओलीले त्यस काममा सरकारले कुनैपनि खालको हस्तक्षेप नगर्ने बताउनु भयो । उहाँले अपराध गर्नेहरुलाई पहिलेनै सचेत बनाउने गरी अभियान चलाउन सकिए समाजमा अपराधिक घटना हुन नपाउने उल्लेख गर्दै त्यस अभियानमा प्रहरीले चनाखो भएर अघि बढ्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले संविधान र कानूनले मार्ग निर्देश गरे अनुसार चल्न पनि प्रहरीहरुलाई आग्रह गर्नुभयो । वर्तमान सरकारले फलानोलाई फसाउ भन्ने आदेश प्रहरीलाई नदिने भन्दै प्रधानमन्त्री ओलीले ढुक्कका साथ आफ्नो कामालई अघि बढाउन पनि प्रहरीको ध्यानाकर्षण गराउनु भयो ।

राज्यको शक्ति दूरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने काम भनेको अपराधिक क्रियाकलाप भएकाले राज्यको तर्फबाट निर्दोषलाई दोषी करार गर्ने काम हुनै नसक्ने प्रधानमन्त्री ओलीले बताउनु भयो ।त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशंशनीय काम गरेको उल्लेख गर्दै उनीहरुलाई प्रोत्साहित गर्न सरकार तयार रहेको बताउनु भयो ।

Leave a Reply