विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको होः उपप्रधानमन्त्री सिंह | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको होः उपप्रधानमन्त्री सिंह

भाद्र ९, २०८१ आइतबार

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जीवनलाई सहज बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको । उहाँले उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका र आपूर्ति प्रणालीमा देखिएका समस्याहरुको समाधान गरिरहेको बताउनु भयो ।

उहाँले भएका कमी कमजोरी सुधार गरेर सरकार अघि बढिरहेको बताउनु भयो । उहाँले वर्तमान सरकार नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनाएको भन्दै रकारले सात बुँदे समझदारीअनुसार सुशासन लगायतमा काम गरिरहेको बताउनु भयो । उपप्रधानमन्त्री सिंहले विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार