भाद्र ६, २०८१ बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नमच्चाउन आग्रह गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नगर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको हो । उहाँले शिक्षाको सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी र समाज नै जिम्मेवार हुने भन्दै सबै पक्षले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
उहाँले विद्यालय क्षेत्र शान्ति क्षेत्र भएको भन्दै आफैँले अशान्ति गरेर शान्ति खोज्ने ? भनेर प्रतिप्रश्न समेत गर्नुभयो । उहाँले शिक्षाका समस्या सबै मिलेर समाधान गर्नुपर्ने भन्दै सम्बन्धित सबैले जिम्मेवारीबोधका साथ ध्यान दिनुपर्ने बताउनु भयो ।