संविधानको रक्षा र कार्यान्वयनमा सरकार दृढ छः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

संविधानको रक्षा र कार्यान्वयनमा सरकार दृढ छः प्रधानमन्त्री ओली

भाद्र ६, २०८१ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संविधानको रक्षा र कार्यान्वयनमा दृढ रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले सरकार संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा स्पष्ट रहेको बताउनुभएको हो । उहाँले गणतन्त्र र सविधानको कार्यान्वयनमा सरकार दृढ रहेको बताउनु भयो । उहाँले देश र जनताको पक्षमा तथा राष्ट्रिय हितहरुको रक्षा गर्दै संविधानको रक्षा गर्ने बताउनु भयो । उहाँले जनताका समस्याहरुको समाधान र अधिकारहरुको सुरक्षा गरिने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले सरकारले जनतामा निराशा नहोस् भनेर सचेत भएर काम गरिरहेको बताउनु भयो । उहाँले जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार लागेको भन्दै सो अनुसारको परिणाम पनि आएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);