पेरिस ओलम्पिक २०२४ को पहिलो खेलबाटै बाहिरिए नेपाली टेबलटेनिस खेलाडी स्यान्टु | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८१, बिहीबार

पेरिस ओलम्पिक २०२४ को पहिलो खेलबाटै बाहिरिए नेपाली टेबलटेनिस खेलाडी स्यान्टु

२०८१ श्रावण १३  नेपाली टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को पहिलो खेलमै पराजित भएका छन् ।

प्रारम्भिक चरण अन्तर्गत शनिबार राति भएको खेलमा २४ वर्षीय स्यान्टु सेनेगलका खेलाडी ३२ वर्षीय इब्राहिम डियाबसँग ४–० ले पराजित भएका हुन् ।

पहिलो गेममा स्यान्टुले इब्राहिमलाई कडा टक्कर दिएका थिए । तर १०–१० को अवस्थाबाट इब्राहिमले लगातार दुई अंक जोड्दै पहिलो गेम १२–१० ले आफ्नो पक्षमा पारे ।

दोस्रो गेममा इब्राहिम हावी बन्दै ११–३ ले आफ्नो पक्षमा पारे । तेस्रो गेममा पनि लय कायम राख्दै इब्राहिमले ११–४ ले जिते । चौथो गेम ११–५ ले जित्दै इब्राहिमले खेल सहजै जितेका हुन् ।

इब्राहिमले अब राउण्ड अफ ६४ मा हङकङका वाङ चुङसँग खेल्नेछन् । छनोट चरण पार पारेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बन्दै इतिहास रचेका स्यान्टुको ओलम्पिक यात्रा भने पहिलो खेलबाटै समाप्त भएको छ ।

यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । श्यान्टुले घरेलु मैदानमा भएको दक्षिण एसियाली छनोटमा नेपालकै संयोग कपालीलाई हराएर स्वर्ण जित्दै पेरिस ओलम्पिकका लागि छनोट भएका थिए ।

श्यान्टु ओलम्पिक खेल्ने पहिलो नेपाली टेबलटेनिस खेलाडी समेत हुन् । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);