मौद्रिक नीति आज सार्वजनिक हुँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

साउन ११, २०८१

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । रोल…
गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी भएपनि अन्तिम समयमा रोकिएको मौद्रिक नीतिले आज आउन लागेको हो । निकै चासोका साथ हेरिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्रको भविष्य तय गर्ने अपेक्षा गरिएको छ । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पु¥याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पु¥याउने उद्देश्य राखेको हुन्छ । सामान्यतया मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ । त्यसले गर्दा राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिले प्रत्यक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी सबैलाई प्रभाव पार्छ । सरकार र निजी क्षेत्र लचिलो मौद्रिक नीतिको पक्षमा रहेको छ भने केन्द्रीय बैंकले मूल्य मान्यता सीमा भित्र रहेर लचिलो मौद्रिक ल्याउने संकेत गरेको छ । गत वर्षसम्म बैंक तथा वित्तीय संस्थाले बढी ब्याज लिएको भन्दै ब्याजदर घटाउनुपर्ने माग गर्दै आएको निजी बैंकहरूले ब्याजदर घटाएपछि पनि कर्जा लिन तयार देखिएको छैन । जसका कारण बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको समस्या छन् । ब्याजदर घटेपछि निजी क्षेत्रले नीतिगत स्थिरता र सहुलियत कर्जा माग गर्न थालेको छ । ००००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);