कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन,पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नगरपालिकाको कार्यालयमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन,पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नगरपालिकाको कार्यालयमा

साउन ११, २०८१  कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ ।

मिर्गौलामा समस्याका कारण वीर अस्पतालमा उपचारगराइरहनु भएका मेयर नकर्मीको गएराति निधन भएको कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यले उज्यालोलाई जानकारी दिनुभयो । न

कर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नगरपालिकाको कार्यालयमा राखिनेछ ।

मेयर नकर्मीको लामो समयदेखि मिर्गौलाको डायलिसिस हुँदै आएको थियो । साउन २ गतेदेखि भने स्वास्थ्यमा समस्या बढेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि उहाँले साउन १ गतेदेखि नै उपमेयर शाक्यलाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुभएको थियो । नकर्मी नेपाली कांग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित हुनुभएको हो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);