सौर्य एयरलाइन्स दुर्घटनाका मृतकहरूको पोस्टमार्टम शुरु,एउटा शवको पोस्टमार्टम गर्न ४ घण्टा | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८१, शनिबार

सौर्य एयरलाइन्स दुर्घटनाका मृतकहरूको पोस्टमार्टम शुरु,एउटा शवको पोस्टमार्टम गर्न ४ घण्टा

बिहीबार, साउन १०, २०८१  सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम शुरु गरिएको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुकोपोस्टमार्टम जारी छ ।

पहिलो लटमा चार जनाको पोस्टमार्टस शुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।

त्रिविशिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले पोस्टमार्टम जारी रहेको बताउनु भयो । उहाँले मृतकहरूको जतिसक्दो छिटो पोस्टमार्टम सक्नेगरी निरन्तरता दिइने बताउनु भयो ।

सकेसम्म ७२ घण्टाभित्र मृतकका आफन्तलाई शव बुझाउने प्रयास रहेको भन्दै उहाँले प्राय सबै शरिर जलेकाले पोस्टमार्टममासमय लाग्ने बताउनु भयो ।

जनशक्ति थोरै भएकाले पोस्टमार्टमको लागि पाटन अस्पताल,भक्तपुर र पोखराबाट समेत डाक्टरहरुलाई बोलाएको छ । एउटा शवको पोस्टमार्टम सक्नका लागि कम्तीमा ४ घण्टा समय लाग्ने भनिएको छ ।

कुनै शव पहिचान गर्न नसकेर डीएनएको प्रक्रियामा जान परेको खण्डमा कम्तीमा दुई हप्ता लाग्ने छ ।

अस्पताल परिसरमा आफन्त गुमाएकाहरु भावविह्वल अवस्थामा शव कुरेर बसिरहेका छन् । प्राविधिक जाँचका लागि गरिएको उडानमा किन धेरै मान्छे राखियो ? यसमा एयरलाइन्सको पनि लापरबाही देखिने आफन्तहरुको गुनासो छ ।

विमान दुर्घटना हुँदा ज्यान गुमाउनेमा एकै परिवारका तीन सदस्य पनि छन् । सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, श्रीमती
प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माको मृत्यु भएको छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);