वर्षासँगैको विपद्का कारण काठमाडौं उपत्यकामा तरकारीको मूल्य बढेको बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

वर्षासँगैको विपद्का कारण काठमाडौं उपत्यकामा तरकारीको मूल्य बढेको बढ्यो

शुक्रबार, साउन ४, २०८१ वर्षासँगैको विपद्का कारण काठमाडौंमा तरकारीको मूल्य बढेको छ ।

वर्षा लागेसँगै मुलुकभर बाढी पहिरोका कारण सडकहरु अवरुद्ध हुँदा काठमाडौंमा तरकारीको मूल्य बढ्न थालेको हो ।

बाढी पहिरोका कारण बाहिरको तरकारी आउन नसक्दा उपत्यकामा तरकारीको मूल्य बढेको हो ।

उपत्यकाबासीको यो नियती हरेक मनसुनको हो । तरकारीको मूल्य बढेसँगै स्वभाविक रुपमा उपभोक्ताको चुलो पनि महँगो भएको छ ।

कालीमाटी तरकारी बजारमा तरकारी खरिद गर्न आएका उपभोक्ताहरुले तरकारीको मूल्य आकाशीएको स्पष्ट अनुभव गरेका छन्

स्वदेशी गोलभेडाको मूल्य शुक्रवार भने केही सस्तीएको छ । सानो गोलभेडा किलोको १६ रुपैंया ६७ पैसा र टनेलको सानो गोलभेडा २४ रुपैया .२० पैसामा मा बिक्री भएको छ ।

त्यस्तै स्वदेशीे ठूलो गोलभेडा भने ११६ रपैंया ६७ पैसा प्रतिकिलोमा कारोबार भएको छ ।

कालीमाटी तरकारी बजारका अनुसार शुक्रवार रातो आलु ६९.६०, मुढे रातो आलु ५१, सेतो आलु ४९, प्याज ९२, गाजर ९६, बन्दा ४५, स्थानीय काउली ७६, ज्यापु काउली ९६, सेतो मुला ३६, लाम्चो भान्टा ८६, तने बोडी ११०, घिउ सिमी १६६ र घिउ सिमी हाइब्रीड १७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);