पछिल्लो ६ घण्टामा झापामा १००.२ मिलिमिटर  वर्षा | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

पछिल्लो ६ घण्टामा झापामा १००.२ मिलिमिटर  वर्षा

साउन ३, २०८१ बिहीबार पछिल्लो ६ घण्टामा देशको एक ठाउँमा धेरै भारी वर्षा मापन भएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार बिहान ७,४० बजे अपडेट गरेको विवरणअनुसार पछिल्लो ६ घण्टामा झापाको शनिश्चरेमा १००.२ मिलिमिटर वर्षा भएको हो।

सो अवधिमा देशभरमा सबैभन्दा बढी वर्षा यही हो। सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्।

यसैगरी पछिल्लो ६ घण्टामा देशका अन्य दुई स्थानमा भारी वर्षा भएको छ।

महाशाखाको तथ्यांकअनुसार सो अवधिमा डोटीको दिपायलमा ५४ .८ र उदयपुरको मुर्कुची बजारमा ५४.२ मिलिमिटर वर्षा भएको हो। ५० मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् भारी वर्षा भन्छन्।

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ।

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्।

Leave a Reply